२०८२ फाल्गुन २९, शुक्रबार ०८:३० गते
नेपाली समय

बाँकेमा बढ्यो स्वतन्त्र उम्मेदवार डा. बिनोदको क्रेज

२०७९ कार्तिक २३ गते, बुधबार समय: १८:५२ मिनेट

बाँके –

Advertisement 1

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा, जित र स्वतन्त्र उम्मेदवारले जित पछि गरेको कामको कारण देशभर नै स्वतन्त्र उम्मेदवारको चर्चा र समर्थन ह्वात्तै बढेको छ ।

बाँकेमा पनि स्वतन्त्र उम्मेदवारहरुको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । अझ बाँकेमा चिकित्सक पेशामा कहलियका ब्यक्तीले नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा हिड्न थाले देखी बाकेमा स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर समर्थन गर्दै आएका छन् ।

Advertisement 2

नेपालगन्ज मेडिकल कलेजमा कार्यरत मध्य तथा सुदुर पश्चिम प्रदेशकै चर्चित प्लास्टिक सर्जन समेत रहेका डाक्टर बिनोद कर्ण बाके क्षेत्र नम्बर २ प्रदेश (ख) का लागी उम्मेदवार बने देखी दैनिक स्वतन्त्र उम्मेदवार कर्णको पक्षमा माहोल बन्दै गएको स्थानीय बताउछन् ।

स्थानीय तहमा जित हासिल गरेका स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पाङको कामले प्रभावीत बनेका नेपाली जनता लामो राजनैतिक दललाई गरेको बिश्वास पछिको जिरो परिणामले पनि स्वतन्त्र उम्मेदवार प्रती क्रेज बढ्दै गएको छ ।

Advertisement 3

बाके क्षेत्र नम्बर दुई प्रदेश खबाट स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर बिनोद कर्णले पाएको चुनाव चिन्ह बिजुलिको चिमको क्रेज बढ्दै गएको छ ।

हरेक दिन घरदैलोमा पुग्ने डाक्टर कर्णको ‘बिजुलिको चिम’ चुनावी अभियानको सफताको संकेत गरेको नेपालगन्ज २ निवासी रमेश क्षेत्री बताउछन् ।

राजनैतिक दल प्रतिको बितृष्णा मात्रैले बिजुली चिम प्रतिको आकर्षण बढेको होईन, स्वतन्त्र उम्मेदवारी दिने डाक्टर कर्णको फेस र उनले आजका दिनसम्म गरेका सामाजिक कार्यले गर्दा पनि बिजुलिको चिमले आक्रमक रुपमा माहोल तताएको बताउछन् नेपालगन्ज ८ का आकाश थापा ।

सम्बन्धित समाचार