२०८२ फाल्गुन ४, सोमबार ०७:३१ गते
नेपाली समय

निर्वाचनलाई लक्षित गरी नेपालगञ्जमा ‘काउन्टरपार्टस मिटिङ्ग’

२०७९ कार्तिक २४ गते, बिहीबार समय: ०८:४२ मिनेट

बाँके –
नेपालमा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी सीमा क्षेत्रमा हुन सक्ने विभिन्न खालका अपराध जन्य अवाञ्छित गतिविधि, कृयाकलापलाई नियन्त्रण गर्नका लागि दुई पक्षिय सुरक्षा बैठक नेपालगञ्जमा सुरु भएको छ ।

Advertisement 1

नेपालको बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय तथा भारतको बहराईच र श्रावस्ती जिल्लाका समकक्षी डिएमको नेतृत्वमा त्यहाँका सुरक्षा निकाय सहभागि रहेको सो बैठक सुरु भएको हो ।

नेपालगञ्जको सोल्टी होटमा सुरु भएको सो बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति प्रमुख सूर्यबहादुर खत्रीले नेपालमा आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरी दुबै तर्फबाट सीमा क्षेत्रमा हुने अपराधको नियन्त्रण गर्ने, निर्वाचनको दिनसम्म ७२ घण्टा सीमा क्षेत्र शिल गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने गैरकानूनी कार्य, अवैध हातहतियार ओसार पसार, लागू औषध ओसार पसार, मानव बेचखिन जस्ता कार्य रोक्नको लागि कडाईका साथ दुबैतर्फ सक्रिय रहने जस्ता कुरामा छलफल भई सहकार्य हुने जानकारी दिए ।

Advertisement 2

सो बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्री, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, दुबै जिल्लाका प्रहरी प्रमुखहरु, सशस्त्र प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसंन्धानका प्रमुखहरु, भारतीय पक्षबाट बहराईच जिल्लाका जिल्ला मजिस्ट्रेड डा.दिनेश चन्द्रा, श्रावस्ती जिल्लाका जिल्ला मजिस्ट्रेड स्नेहा प्रकाश, दुबै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार