२०८२ मंसिर २२, आईतवार १४:३६ गते
नेपाली समय

पाकिस्तान र इंग्ल्याण्ड फाइनल खेल्ने

२०७९ कार्तिक २४ गते, बिहीबार समय: १९:१३ मिनेट

काठमाडौं –

Advertisement 1

अस्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपको फाइनल पाकिस्तान र इंग्ल्याण्ड खेल्ने भएका छन । भारतलाई आज बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा पराजित गरी इंग्ल्याण्ड फाइनल पुगेपछि फाइनल समिकरण पुरा भएको हो ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई पराजित गरी पाकिस्तानले फाइनल यात्रा तय गरिसकेको छ ।

Advertisement 2

फाइनल खेल आगामी आइतबार नेपाली समयअनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ ।

यस विश्वकप जुन राष्ट्रले जिते पनि दोस्रोपटक यि देश च्याम्पियन बन्ने छन् । यसअघि वेस्ट इण्डिजले मात्र यो सफलता प्राप्त गरेको थियो ।

Advertisement 3

२०१२ को चौथो तथा २०१६ को छैठौं संस्करणमा च्याम्पियन बनेको वेस्ट इण्डिजले यो किर्तिमान बनाएको हो ।

पाकिस्तानले यस अघि २००९ को दोस्रो संस्करणमा श्रीलंकालाई पराजित गरि टी-ट्वान्टी विश्वकप जितेको थियो । लगत्तै २०१० मा भएको तेस्रो संस्करणमा अष्ट्रेलियालाई उपबिजेतामा सिमित राखेर च्याम्पियन बनेको थियो ।

टी-ट्वान्टी विश्वकपको फाइनलमा पाकिस्तान यसअघि दुईपटक पुगेको थियो । पाकिस्तानले यो सफलता २००७ को पहिलो तथा २००९ को दोस्रो संस्करणमा पाएको थियो ।

इंग्ल्याण्डले भने फाइनल खेल्ने अवसर दुईपटक पाएको छ । इंग्ल्याण्ड यसअघि २०१० को तेस्रो तथा २०१६ को छैठौं संस्करणमा यो सफलता पाएको थियो ।

सम्बन्धित समाचार