बाँके –
Advertisement 1
आज (शुक्रबार)देखि नेपालमा बलिउड चलचित्र ‘उचाइ’ले सिंगल रिलिज पाएको छ । मंसिर ४ निर्वाचनका कारण यो समय कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो ।
यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् । ‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हो ।
Advertisement 2
ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल भित्र्याएको हो । नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग समेत गरिएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण गरिएको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेको हो ।





प्रतिक्रिया दिनुहोस्