बाँके –
Advertisement 1
गत कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गर्दा नेपालगन्जबाट ११ लाख बढी कारोबार गरेको बागेश्वरी चलचित्र मन्दिरले जनाएको छ । प्रदर्शनको पहिलो साता भन्दा दोस्रो सातादेखि दर्शकको अत्याधिक साथ पाउन सफल यस् चलचित्रले बक्स अफिसमासमेत राम्रो व्यापार गरेको छ ।
तेस्रो सातासम्म आइपुग्दा सम्म चलचित्रले करिब ७ करोड ग्रस कलेक्सन गर्न सफल भएको निर्माण टिमले जनाएको छ । माउथ पब्लिसिटीले गर्दा हलमा चलचित्र हेर्न आउने दर्शकको भिड बढ्दो छ ।
अन्य ३ विदेशी चलचित्र हलमा लागिरहेको भए पनि ‘महापुरुष’को क्रेज छुट्टै छ । अधिकांश हलहरु ‘महापुरुष’ले नै कब्जा गरेको छ ।
Advertisement 2
छोराछोरीको खुशीको लागि आफ्नो खुशी एवम् रहर दबाएर राख्ने एक एकल पुरुषको कथामा आधारित यस् चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई हुन् ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।
Advertisement 3
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपालमा ‘उचाइ’ले पायो सिंगल रिलिज
शुक्रबारदेखि नेपालमा बलिउड चलचित्र ‘उचाइ’ले सिंगल रिलिज पाएको छ । मंसिर ४ निर्वाचनका कारण यो समय कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा नआएपछि ‘उचाइ’ले नेपालमा सिंगल रिलिजका अवसर पाएको हो ।
यद्यपि देशभरका फिल्म हल सबै यसले पाएको भने छैन । किनभने अघिल्लो साता रिलिज भएको ‘लाखे’ र दुई साता अगाडि रिलिज भएको ‘महापुरुष’ ले अझैकेही हल कब्जा गरेका छन् । ‘उचाइ’ नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको चलचित्र हो ।
ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल भित्र्याएको हो । नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग समेत गरिएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण गरिएको फिल्म राजश्री प्रोडक्सनले निर्माण गरेको हो ।









प्रतिक्रिया दिनुहोस्