२०८२ मंसिर २२, आईतवार ००:३६ गते
नेपाली समय

५० बढी देशको अर्थतन्त्र नाजुक बन्दै

२०७९ कार्तिक २६ गते, शनिबार समय: ०९:४३ मिनेट

काठमाडौं –

Advertisement 1


विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले बताएका छन् ।


धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र संघका अधिकारीले चेतावनी दिएका बीबीसीले जनाएको छ ।

Advertisement 2


संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा संकट तथा बढ्दो ब्याजदरका कारण धेरै देश टाट पल्टिने अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक संकटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने उनले बताए ।


श्रीलंकामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र संघीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक संकटको अवस्था आएमा जलवायु संकट समाधान पनि थप कठिन हुने बताए र ।

Advertisement 3


यसले जलवायु संकट समाधानमा थप जटिलता निम्त्याउने उनको भनाइ थियो ।


इजिप्टमा अहिले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र संघीय सम्मेलन चलिरहेको छ ।


साभार : उज्यालो

सम्बन्धित समाचार