एजेन्सी–
युक्रेनको खेर्सन क्षेत्रबाट रूसको सेना फिर्ता गएको छ । रूसको रक्षा मन्त्रालयले आफ्नो सेना खेर्सन क्षेत्रबाट पछि हटेको बताएको सिएनएनले लेखेको छ ।
Advertisement 1
सिएनएनका अनुसार खेर्सनको पश्चिमी क्षेत्रबाट रूसका बीस हजार सेना त्यसतर्फ प्रवेश गर्न खोज्दै थिए । पूर्वी क्षेत्रबाट युक्रेनी सेनाले घेरा हालेपछि उनीहरू फिर्ता भएका हुन् । रूसले कब्जामा लिन खोजेको त्यस क्षेत्रमा प्रवेश गरेर युक्रेनी सेनाले राष्ट्रिय झन्डा समेत फहराएका छन् ।
मस्कोका लागि यो ठूलो धक्का रहेको सिएनएनले लेखेको छ । रूसको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले उक्त क्षेत्र रूसमा गाभिएको र त्यहाँबाट आफ्ना सेना पछि हट्नु राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अपमानजक रहेको प्रतिक्रिया दिएका छन् ।
Advertisement 2
खेर्सनमा राष्ट्रिय झन्डा फहराएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सचेत हुँदै भूमिको रक्षा गर्न सेनालाई निर्देशन दिएका छन् । रूसी सेनाले धराप बिच्छाएको हुनसक्ने भन्दै उनले सचेत हुन सेनालाई आग्रह गरेका हुन् ।
रूस र युक्रेन युद्ध गत फेब्रुअरी २४ बाट सुरू भएको थियो । युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यता लिन खोजेको र यो आफ्नो लागि सुरक्षा चुनौती रहेको भन्दै रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो । एजेन्सीको सहयोगमा





प्रतिक्रिया दिनुहोस्