बाँके –
Advertisement 1
बाँकेको राप्ती सोनारी गाउँपालिकाले पालिकामा रहेका कृषि तथा पशुपंक्षीको बीमा अभियानको थालनी गरेको छ । पालिकाले अगुवाईमा आइतबादेखि निःशूल्क बीमा अभियानको शुभारम्भ भएको पालिकाले जनाएको छ ।
पालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार कृषि पेशामा लागेका कृषकहरुलाई प्रोत्साहित गर्न राप्ती सोनारीले कृषि तथा पशुपंक्षी बीमा कार्यक्रम ल्याएको हो । पौडेल कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउन राप्ती सोनारीले आफ्नो पालिमा निःशुल्क बीमा योजना कार्यक्रम सुरु गरेको बताउँछन् ।
Advertisement 2
राप्ती सोनारीले निःशुल्क बीमा कार्यक्रमका लागि नेको इन्सुरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार नेको इन्सुरेन्सले पालिकामा रहेका किसानको घर–घरमा पुगेर कृषि तथा पशुपंक्षीको बीमा गर्नेछ ।
नेपाल सरकारबाट कृषि तथा पशुपंक्षी बीमाको लागि बीमा शुलकमा ८० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने पालिकाबाट २० प्रतिशतको अनुदान व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
नेको इन्सुरेन्सका क्षेत्रीय प्रमुख भरतबहादुर रावल कृषि तथा पशुपंक्षी बीमामा पर्न आउने दाबीका लागि नेको इन्सुरेन्सले छिटोछरितो भुक्तानी गर्ने बताए । उनका अनुसार नेको इन्सुरेन्सले वडा कार्यालयको सिफारिससहित आफूले जारी गरेका बीमालेखको प्रतिलिपिसहितको विवरण हरेक १५÷१५ दिनमा पालिकालाई उपलब्ध गराउने छ ।





प्रतिक्रिया दिनुहोस्