एजेन्सी –
Advertisement 1
दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृशोक परेको छ । आज (मंगलबार) बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो ।
भारतीय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार कार्डियक अरेष्ट (हृदयघात)का कारण उनको निधन भएको हो ।
Advertisement 2
श्वासप्रश्वासमा असहज हुन थालेपछि उनलाई हिजो हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर २० मिनेट उपचार गरेपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
दुई महिनाअघि मात्रै महेश बाबुको आमा इन्दिराको निधन भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार कृष्णा आफ्नो श्रीमतीको निधनपछि डिप्रेशनमा थिए ।
Advertisement 3
यही वर्ष जनावरीमा महेशका दाइ रमेश बाबुको पनि निधन भएको थियो । उनलाई लामो समयदेखि फोक्सोमा समस्या देखिएको थियो ।
कृष्णा घट्टामनेनी १९७० र ८० दशकको चर्चित अभिनेता हुन् । उनी तेलुगु फिल्म क्षेत्रमा सुपरस्टार कृष्णाको नामले परिचित थिए। उनले करिब ३५० फिल्ममा अभिनय गरिरकेका छन् ।






प्रतिक्रिया दिनुहोस्