२०८२ फाल्गुन ४, सोमबार ०७:५५ गते
नेपाली समय

उपचारमा आउँदैनन्, लागूऔषध प्रयोगकर्ता

२०७९ कार्तिक ३० गते, बुधबार समय: ०९:५४ मिनेट


पछिल्ला ५ वर्षमा लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरुको आंकलन भने महिला लागूऔषधकर्ताको संख्या बढ्दै गएको देखाउँछ । जसमा दुर्गम जिल्लाबाट नेपालगन्ज आएका महिला तथा छात्राहरुको संख्या धेरै रहेको अनुमान रहको छ ।

Advertisement 1

विक्रम बुढाक्षेत्री – बाँके

बाँके जिल्ला लागूऔषध दुव्र्यसनीको ट्रान्जिट पोइन्टमा पर्दछ । जसको मुख्य कारण प्रमुख खुला नेपाल–भारत सीमाना र २४ जिल्लाको केन्द्रबिन्दु हो । साथै जिल्लामा लागूऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको चेन्ज टिमको अध्ययनले देखाउँछ । तर ती लागूऔषध प्रयोगकर्तालाई उपचार पद्धतिमा ल्याउन विभिन्न संघ–संस्था एवम् नेपालगन्जमा रहेको भेरी अस्पताल पनि लागिपरेको छ ।

Advertisement 2

हालसम्म बाँकेमा कति लागूऔषध प्रयोगकर्ता छन् भन्ने तथ्यांक अन्यौलपूर्ण रहेको छ । यद्यपी पछिल्ला ५ वर्षमा लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरुको आंकलन भने महिला लागूऔषधकर्ताको संख्या बढ्दै गएको देखाउँछ । जसमा दुर्गम जिल्लाबाट नेपालगन्ज आएका महिला तथा छात्राहरुको संख्या धेरै रहेको अनुमान रहको छ ।

चेन्च टिमकी कार्यक्रम संयोगक इन्दिराकुमारी जिशी बाँकेमा पुरुष लागूऔषधकर्ताको तुलनामा महिला लागूऔषधकर्तालाई पहिचान गर्न गाह्रो भएको बताउँछिन् । त्यस्तै भेरी अस्पतालमा कार्यरत लागूऔषध फोकल पर्सन डा. दिप्ती काफ्ले पनि जिल्लामा रहेका महिला लागूऔषध प्रयोगकर्ता मध्ये धेरै कम संख्यामा उपचार पद्धतिमा आउने गरेको बताउँछिन् । उनीहरुका अनुसार लागूऔषधको दुव्र्यसनीमा पुँजीवादी महिलादेखि विभिन्न सम्मानित पदमा रहेका महिलाहरु पनि संलग्नता रहेको छ । त्यस्तै जिल्लामा धेरै जसो लागूऔषध महिलाहरु यौन पेसामा पनि संक्रिय भएको कार्यक्रम संयोजक जिशीले बताइन् ।

Advertisement 3

बाँकेमा आर्थिक वर्ष २०७८-०७९ तथ्यांक हेर्दा २ लाख ३९ हजार ४२ वटा सिरिन्ज र ९१ हजार १० वटा कण्डम लागूऔषध प्रयोगकर्तालाई वितरण गरिएको जिशीले बताइन् । त्यस्तै १ हजार ९ सय ७२ जनामा एचआईभि परीक्षण गरिएको छ । जसमा ९ जना पुरुष र १ जना महिलामा एचआईभि पोजेटिभ देखिएको छ ।

चेन्ज टिमले जिल्लामा लागूऔषध प्रयोगकर्तालाई रोग लाग्नबाट बचाउने अभियानमा सक्रिय छ । जसले सिरिन्ज प्रयोग गर्ने लागूऔषध प्रयोगकर्तालाई एचआईभि, हेपाटाइटिस जस्ता रोगबाट बचाउन सकभर प्रयोग गर्न नदिने वा हरेकपटक नयाँ सिरिन्ज प्रयोग गर्नका लागि निःशुल्क सिरिन्ज वितरण गर्ने काम गरिहेको छ ।

साथै लागूऔषधविरुद्ध काम गरिरहेको छाता संघठन रिकभरी नेपालले लागूऔषध प्रयोगकर्तालाई उपचारमा जोड्न विभिन्न संघ–संस्थासँग सहकार्य गरिरहेको संस्थाका फोकल पर्सन प्रविन बिसी बताउँछन् ।

त्यस्तै भेरी अस्पतालले सम्पर्कमा आएका लागूऔषध प्रयोगकर्तालाई उनीहरुको अवस्था अनुसार मेथाडोन र बुप्रेनोफिन औषधि सेवन गराएर उनीहरुलाई लागूऔषधको लतबाट छुटाउने काम गर्दछ । डा. काफ्ले सुरुमा लागूऔषध प्रयोगकर्ताको अवस्थाअनुसार १०–१५ एमजि औषधि प्रयोगबाट सुरु गर्ने बताउँछिन् ।

‘हामीले सुरुमा कोही हाम्रो सम्पर्कमा आउनुभयो भने । पहिला उहाँ लागूऔषध प्रयोगकर्ता हो कि हैन भनेर चेकजाँच गर्छौं । यदि उक्त व्यक्ति लागूऔषध प्रयोगकर्ता हो भने आखाँ रातो हुने, हातकुट्टा काम्ने, आखाँबाट आँशु आउने, जिउँ काम्ने, रिसाउने, डराएको अनुभव गर्ने जस्ता लक्ष्यण देखिन्छ,’ काफ्लेले भनिन् ।

उसोत लागूऔषत प्रयोगकर्ताले उपचारको समयमा ध्यान नदिँदा मृत्युसमेत हुन सक्ने उनले बताइन् । काफ्लेका अनुसार लागूऔषधकर्ताले औषधि प्रयोग गरेको अवस्थामा अल्कोहल अथवा लागूऔषध प्रयोग गरेको अवस्थामा हाई डोज भई बिरामीको मृत्य हुने गर्दछ ।

जिल्लामा विगत एक वर्षको तथ्यांक हेर्ने हो भने १ सय ६७ जना पुरुष र १२ जना महिला सम्पर्कमा आएका छन् । जसमा ५९ जना पुरुष र ५ जना महिलालले मात्र नियमित मेथाडोन र बुप्रेनोफिन औषधि सेवन गरिरहेका छन् ।

त्यस्तै सम्पर्कमा आएका मध्यै ७ जना कारागारमा, १७ जना रिहाब सेन्टरमा, ४१ जना अन्य क्षेत्रमा बसाइँसराइ गरेर गएको, १६ जना भारत गएको, ११ जना वैदेशिक रोजगारीमा गएको र ७ जनाको मृत्युसमेत भई सकेको चेन्ज टिमकी संयोजक जिसीले बताइन् ।

सम्बन्धित समाचार