२०८२ माघ ८, बुधबार ०३:३९ गते
नेपाली समय

बादशाह कुर्मीको उम्मेदवारी खारेजको माग

२०७९ कार्तिक ३० गते, बुधबार समय: १८:५० मिनेट

बाँके –

Advertisement 1


नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवार दिएका बादशाह कुर्मीको उम्मेदवारी खारेको लागि माग भएको छ । महिला अधिकार मञ्चले प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी खारेज गर्न मञ्चले निर्वाचन अधिकृतको कार्यालयलाई उजुरी दिएको हो ।


सरकारले गठन गरेको छानबिन समितिले समेत कुर्मीलाई एकल महिला निर्मला कुर्मीको मुद्दामा दोषी ठहर गरेको हुँदा कुर्मीको उम्मेदवार खारेज गर्न मञ्चले कार्यालयमा उजुरी दर्ता गरेको हो । निर्मला कुर्मीको मुद्दाको हालसम्म न्यायिक निकास नभएकोले मुद्दामा मुख्य अभियुक्त रहेका कुर्मीलाई कारबाही गरी उम्मेदवारी नाम खारेज गर्न माग गरेको मञ्चकी रुबि खानले जानकारी दिइन् ।

Advertisement 2


गत वर्ष गृहका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा बनेको छानबिन समितिले आफ्नो प्रतिवेदनमा ‘बादशाह कुर्मीलगायतका व्यक्तिले सम्पत्ति हत्याउनकै लागि निर्मला कुर्मीलाई कुटपिट गरी यातना दिने र अपहरण गर्नेदेखि बेपत्ता पार्नेसम्मका काम कारबाही गरेको बुझिएको’ भनेको थियो । जसमा बादशाहलाई परस्पुरकी निर्मलाको जग्गा हत्याउन कुटपिट गर्ने र अपहरण गरी बेपत्ता पार्नेमा गृह मन्त्रालयको प्रतिवेदनले दोषी ठहर गरेको थियो ।

सम्बन्धित समाचार