काठमाडौं –
Advertisement 1
विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रसारणका लागि ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिने आदेश जारी गरेको छ । अब सर्वोच्चको आदेशपछि शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न बाटो खुलेको हो ।
मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश गरेको छ । यसअघि सर्वोच्चले यसरी शुल्क लिने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । बुधबार दुवै पक्षको बहस सुनेपछि उक्त आदेशलाई निरन्तरता दिन नपर्ने बताएको हो ।
Advertisement 2
अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो ।
सूचना विभागबाट अनुमति लिएर प्रत्यक्ष प्रशारणको कोड आयात गरेको र यस्तो प्रत्यक्ष प्रशारण हेर्ने या नहेर्ने कुरा ऐच्छिक भएको भन्दै यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने इजलासको आदेशमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्