२०८२ मंसिर २२, आईतवार ००:०७ गते
नेपाली समय

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

२०७९ कार्तिक ३० गते, बुधबार समय: १९:०९ मिनेट

काठमाडौं –

Advertisement 1

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् ।

Advertisement 2

यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

Advertisement 3

यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् ।

यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

सम्बन्धित समाचार