२०८२ माघ ८, बुधबार ०३:३६ गते
नेपाली समय

प्रधानमन्त्री देउवा भन्छन् : मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं

२०७९ मंसिर १ गते, बिहीबार समय: ११:५२ मिनेट

काठमाडौं –

Advertisement 1

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् ।

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’

Advertisement 2

दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको भन्दै देउवाले सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको बताएका छन् । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिबद्ध रहेको पनि बताएका छन् ।

सम्बन्धित समाचार