२०८२ कार्तिक २८, बिहीबार १२:०२ गते
नेपाली समय

डलरको भाउ बढ्यो

२०७९ मंसिर १ गते, बिहीबार समय: ११:४३ मिनेट

काठमाडौं –

Advertisement 1

बिहीबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा कायम गरिएको छ। 

बुधवार एक अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३० रूपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसा बढेको हो। 

Advertisement 2

युरोपियन युरो एकको खरिदमा भने १३५ रुपैयाँ २८ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९१ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५८ पैसा बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा तोकिएको छ। 

Advertisement 3

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५५ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२१ रुपैयाँ ७२ पैसा र बिक्रीमा ४२३ रुपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ९० पैसा तोकिएको छ।

सम्बन्धित समाचार