२०८२ मंसिर २३, सोमबार ००:४६ गते
नेपाली समय

नेपाल शाखाद्वारा विशेष सिर्जना वाचन

२०७९ मंसिर १ गते, बिहीबार समय: १९:०३ मिनेट

बाँके –

Advertisement 1

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा प्रदेश १ प्रदेश शाखा विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” को अध्यक्षतामा र विनेसाम विश्व केन्द्रिय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्यता रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा विनेसाम नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष केशु पोखरेलले उपस्थिति सबैलाई मिठा शब्द गुच्छा द्वारा स्वागत गरिन । भारतको दार्जिलिङ, अछाम, देखि प्रदेश १, बागमती प्रदेश, चितवन जिल्ला, लुम्विनी प्रदेशलगायत देशका विभिन्न भूभागबाट सहभागी विशिष्ट साहित्यिक व्यक्तित्वहरुले रचना वाचन गरी रसस्वादन गराएका थिए ।

Advertisement 2


प्रमुख अतिथि सुरेन्द्र लिम्बू परदेशी, विशिष्ट तथा अन्य अतिथिहरुद्वारा विनेसामले नेपाली भाषा साहित्यको विकासमा पुर्याएको योगदानको चर्चागर्दै विनेसमा नेपाल शाखाले गर्ने गरेका नियमित साहित्यिक गतिविधिहरुको प्रशंसा गरे ।


बिहीबार सम्पन्न विशेष सिर्जना वाचन कार्यक्रममा नेपाल शाखाले पाँचवटा प्रदेश शाखा र ३ वटा जिल्ला शाखा गठन गरी विनेसाम परिवार बढाउँदै लगेको कुरामा खुसी ब्यक्त गरियो ।

भर्चुवल माध्यमबाट संचालित कार्यक्रममा तीन दर्जन भन्दा बढी स्रष्टाहरूले रचना वाचन गरे ।

सम्बन्धित समाचार