२०८२ मंसिर २२, आईतवार १४:४५ गते
नेपाली समय

कर्मचारी चडेको गाडी दुर्घटना

२०७९ मंसिर १ गते, बिहीबार समय: १९:२२ मिनेट

सुर्खेत

Advertisement 1


जुम्लामा मतदान केन्द्रतिर जाँदै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अङ्गराज गिरी गम्भीर घाइते भएका छन् ।

Advertisement 2


सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेकाे बताइएकाे छ ।


प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका–७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार