काठमाडौ –
Advertisement 1
चितवन जिल्लाको तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो ।
प्रहरीका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । सो वस्तु निर्वाचनमा त्रास फैलाउनका राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
Advertisement 2
उक्त वस्तुलाई आज (सनिबार) बिहान ३ः३० बजे निस्क्रिय पारिएको छ ।
यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको छ । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्