२०८२ फाल्गुन ४, सोमबार ०८:४४ गते
नेपाली समय

कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

२०७९ मंसिर ३ गते, शनिबार समय: १६:२४ मिनेट

धनगाडी –

Advertisement 1


कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबिच कुटाकुट भएको छ।

शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा काँग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबिच कुटाकुट भएको हो । कुटपिट हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement 2


४१ वर्षीय काँग्रेस कार्यकर्ता हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबिच कुटाकुट भएको बताइएको छ। दुवै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै हिक्मतको टाउकोमा चोट लागेको र रतनबहादुरको चिउँडोमा चोट लागेको प्रहरीले बताएको छ। अहिले उनीहरूलाई उपचारका लागि धनगढी रिफर गरिएको छ। झगडाको कारण भने खुलेको छैन।

सम्बन्धित समाचार