२०८२ मंसिर २२, आईतवार २१:०४ गते
नेपाली समय

मतदान केन्द्र नजिकै विस्फोट

२०७९ मंसिर ४ गते, आईतवार समय: १०:५२ मिनेट

कैलाली – 

Advertisement 1

धनगढीको एक मतदान केन्द्र नजिकै विस्फोट भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै मानवीय क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भए पनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको बताउदै डिएसपी जोशीले अहिले मतदान सुरु भएको बताए ।

सम्बन्धित समाचार