दाङ –
Advertisement 1
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ। मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरू भएको हुँदा यो मतदान केन्द्रमा समय थपिएको हो।
यो मतदान केन्द्रमा भोट हालेर गएका मतदाताहरूलाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटून् भनेर बेलुका ७ बजेसम्म मतदानको समय थपिएको निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।
Advertisement 2
दोस्रो पटक एक वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो। ४२ जनाले मत खसालिसकेपछि प्रतिनिभि सभाका सदस्यकोमा मतदान नभएको तथ्य पत्ता लागेको थियो।
दलहरूका बीचमा खसेका सबै ९१ मत बदर गरी नयाँ मत पेटी ल्याई पुनः मतदान सुरू भएको हो।
Advertisement 3
सहमति अनुसार पहिले मतदान भएका मत पेटिका मुचुल्का बनाई सबै हटाइएको थियो।






प्रतिक्रिया दिनुहोस्