२०८२ फाल्गुन २९, शुक्रबार १८:२० गते
नेपाली समय

मतदान अधिकृत निदाएपछि मतपेटिका छुट्यो

२०७९ मंसिर ५ गते, सोमबार समय: १०:५६ मिनेट

सुर्खेत –

Advertisement 1

दैलेखको काँधीकाठ गाउँपालिका २ जनता प्रावि पिपलचौतरा मतदान गरेका मतपेटिका प्रहरी चौकी ठाटिकाँधमै छुटेपछि विवाद भएको छ। दैलेखमा मतदान अधिकृत निदाएपछि मतपेटिका छुटेको हो।

मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा चार वटा मतपेटिका राखेर सङ्कलन गर्ने गाडी आउन्जेल आफू एक छिन सुत्छु भन्दै निदाएका थिए।

Advertisement 2

उनी निदाएसँगै मतपेटिका चौकीमै छुटेको थियो। मतपेटिका चौकीमै छुटेपछि विवाद पनि उत्पन्न भएको छ।

उक्त मतदान केन्द्रमा सात सय मतदातामध्ये ४५८ मत खसेको थियो। उक्त मतपेटिका क्षेत्र नम्बर २, दुल्लुस्थित मतगणना स्थलमा ल्याउनुपर्ने थियो ।

सम्बन्धित समाचार