२०८२ माघ ८, बुधबार ०३:३० गते
नेपाली समय

दाङमा कांग्रेसका दीपक गिरीको अग्रता कायमै

२०७९ मंसिर ६ गते, मंगलवार समय: ०९:१९ मिनेट

दाङ –

Advertisement 1

दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा उनले दुई हजार चार सय ३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ ।

Advertisement 2

अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

सम्बन्धित समाचार