२०८२ माघ ८, बुधबार ०३:५४ गते
नेपाली समय

आज विश्वकप फुटबलमा चार खेल हुने

२०७९ मंसिर ६ गते, मंगलवार समय: १०:०७ मिनेट

काठमाठौं –

Advertisement 1

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आज नै हुने समूह समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत नै मंगलबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

Advertisement 2

आज हुने अन्तिम खेलमा साबिक विजेता फ्रान्सले अस्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार