२०८२ माघ ८, बुधबार ०४:१२ गते
नेपाली समय

काठमाडौँ-४ मा गगन थापा विजयी

२०७९ मंसिर ६ गते, मंगलवार समय: ११:४६ मिनेट

काठमाडौँ –

Advertisement 1

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् ।

काठमाडौँ-४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।

Advertisement 2

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यस पटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

Advertisement 3

३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै काँग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी काँग्रेस महामन्त्री छन् ।

सम्बन्धित समाचार