२०८२ कार्तिक २८, बिहीबार १०:५१ गते
नेपाली समय

१६ अर्बले बढ्यो निक्षेप

२०७९ मंसिर ६ गते, मंगलवार समय: १६:१० मिनेट

काठमाडौं –

Advertisement 1


निक्षेपका आधारमा कात्तिक महिना बैंकहरुका लागि सुखद देखियो । कात्तिक महिनामा १६ अर्बको निक्षेप बैंकहरुमा भएको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिकमा २६ वटा वाणिज्य बैंकहरुले १६ अर्बले निक्षेप बढाउँदै कूल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन् ।


असोज मसान्तसम्म बैंकहरुले ६१ अर्बले निक्षेप बढाउँदै कुल ४५ खर्ब ४७ अर्ब रुपैयाँ संकलन गरेका थिए । यद्यपि, समीक्षा अवधिमा २६ वटा बैंकहरुले २ अर्बले मात्र कर्जा लगानी विस्तार गरेको संघको रिपोर्टले देखाएको छ ।

Advertisement 2


असोज मसान्तसम्म ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आइपुग्दा २ अर्बले मात्र लगानी बढाउँदै कुल ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।

सम्बन्धित समाचार