२०८२ मंसिर २२, आईतवार ०१:१० गते
नेपाली समय

एमाले र कांग्रेसले समानुपातिकतर्फ १ लाख मत कटाए

२०७९ मंसिर ६ गते, मंगलवार समय: २०:०९ मिनेट

बाँके –

Advertisement 1


मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना देशभर भई रहेको छ । १ सय ६५ प्रतिनिधि सभामध्ये १ सय ४७ स्थानको मतगणना हेर्दा नेपाली कांग्रेसले निकालेको विजय अग्रपंतिमा रहेको छ । तर प्रतिनिधि सभाका लागि दलहरुले पाएको मतपरिणाम अनुसार नेकपा एमाले प्रथम रहेको छ ।


यो समाचार तयार पर्दासम्म नेकपा एमाले र नेपाली कांग्रेसले मात्र एक लाख मत कटाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी भने तेस्रो स्थानमा रहेको छ ।

Advertisement 2


मंगलबार बेलुका ८ बजेसम्मको समानुपातिकतर्फको मत हेर्दा एमालेले १ लाख ३३ हजार ३ सय ९२ मतसहित पहिलो बनेको छ भने कांग्रेसले १ लाख १६ हजार २ सय ७३ मतका साथ दोस्रो बनेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले भने ५८ हजार ९ सय ६४ मतसहित तेस्रो र ५४ हजार ९ सय ९ मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।


त्यसैगरी १० हजार ५ सय ३४ समानुपातिक मतसहित जनमत पार्टी पाँचौ, १० हजार ४ सय ४३ मतसहित जनता समाजवादी पार्टी छैठौं, ७ हजार १ सय ८० मतसहित नेपाल मजदुर किसान पार्टी सातौ, ६ हजार ५ सय २१ मतसहित नागरिक उन्मुक्ति पार्टी आठौं र ६ हजार ३ सय ४६ मतसहित एकीकृत समाजवादी नवौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार