बाँके –
Advertisement 1
बाँके जिल्लामा रहेको तीनवटा निर्वाचन क्षेत्रमा क्रमशः क्षेत्र नम्बर १ मा नेकपा एमाले, क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको ।
मंगलबार बेलुका सम्मको मतगणनाअनुसार क्षेत्र १ बाट एमालेका सूर्यप्रसाद ढकालले माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराजलाई पछि पार्दै अग्रता लिएका हुन् । ढकालले ८ हजार ३ सय ३ मत पाउँदा गहतराजले ७ हजार १ सय ७८ मत पाएका छन् ।
Advertisement 2
त्यसैगरी क्षेत्र १ मा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ३ हजार ७ सय ८२, जसपाका रामकुमार यादवले २ हजार २ सय १३, स्वतन्त्र पार्टीका आनन्द बाबु काफ्लेले १ हजार ५ सय ३० मत पाएका छन् । साथै लोकतान्त्रिक पार्टीका राम चरण चौधरीले २ सय ५२, स्वतन्त्र प्रदिपकुमार शाहले ७७, नेपाली पार्टीका भक्तबहादुर थापाले ५२, नेपाली कांग्रेस (बीपी)का कुन्ती शर्माले ४३ मत पाइन् ।
क्षेत्र नम्बर २ मा राप्रपाका डा. धवल शमशेर राणाले यो समाचार तयार पार्दासम्म २१ हजार ६ सय २७ मतसहित पहिलो बनेका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादीका इस्तियाक राईले १५ हजार १ सय ६ मतका साथ दोस्रो र नेपाली कांग्रेसका सुदिप नरसिंह राणा ३ हजार २० मतका साथ तेस्रो स्थान छन् । अन्य उम्मेदवारको भने मत धेरै कम रहेको छ ।
Advertisement 3
क्षेत्र नम्बर ३ मा भने कांग्रेसका किशोर राठौर र एमालेका किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा देखिएको छ । यो समाचार तयार पार्दासम्म राठौरले १० हजार ९ सय ५४ मतसहित पहिलो र कक्षपतिले १० हजार ५ सय १० मतसहित दोस्रो भए ।
त्यस्तै स्वातन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ हजार १ सय ६०, जसपाका नोयन्द्र धितालले ६ सय ४२, जनमत पार्टीका राजुप्रसाद कुर्मीले ५ सय ८४, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ३ सय ७८, नेपाल मजदुर किसान पार्टीका नगेन्द्रबहादुर बुढाथोकीले १ सय ३७ र लोकतान्त्रिक पार्टीका हफिज पठानले ४६ पाएका छन् ।






प्रतिक्रिया दिनुहोस्