२०८२ फाल्गुन २९, शुक्रबार ०८:२३ गते
नेपाली समय

बाँके २ मा डा. धवल निर्वाचित

२०७९ मंसिर ७ गते, बुधबार समय: ०८:१६ मिनेट

बाँके –

Advertisement 1


बाँके जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.धवल शमशेर राणा निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार मतान्तरले जितेका हुन् ।


निर्वाचतको परिणामअनुसार डा.धवलले २९ हजार ५ सय ७७ मत पाउँदा प्रतिद्वन्द्वी राईले २३ हजार ५ सय २० मत पाएर दोस्रो भए । त्यस्तै नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४ सय ३ मत पाएर तेस्रो बने ।

Advertisement 2


राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत पाए भने स्वतन्त्र उम्मेदवार इरफान अहमद शेखले १ हजार २ सय ८९ मत पाएका छन्् ।


त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका खलुप्रसाद थारुले ५ सय ९६, स्वतन्त्र उम्मेदवार दिवाकर खनालले ५ सय २८, लोकतान्त्रिक समाजवादी पार्टीका अब्दुल हन्नान जसगढले ५ सय १२, जनमत पार्टीका बाबु खाँले २ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रमेश शर्मा अर्यालले २ सय ७, जनसमाजवादी पार्टीका लिलौ दर्जीले १सय ४१, स्वातन्त्र उम्मेदवार समसुल हक राईले १ सय ३३, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले ७६, स्वातन्त्र उम्मेदवार बागेश्वर चौलागईले २३, राष्ट्रिय उन्मुक्ति पार्टीकी विधा शर्माले २२ र स्वातन्त्र उम्मेदवार राहुल जयसवालले १५ मत पाए ।

सम्बन्धित समाचार