२०८२ मंसिर २२, आईतवार ०१:१७ गते
नेपाली समय

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०७९ मंसिर ७ गते, बुधबार समय: ०८:३१ मिनेट

बुटवल –

Advertisement 1


गुल्मी जिल्लाको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । प्रहरीका अनुसार सत्यवति गाउँपालिका–३ ठूलो लुम्पेकबाट कुटडाँडा लु २ च ५३४० को जिप जाँदै थियो। राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा मृत्यु हुनेमा जिप धनी सत्यवति–३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन् ।

Advertisement 2


त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।


घुम्तिमा जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार