२०८२ फाल्गुन २३, शनिबार ०९:२७ गते
नेपाली समय

दोब्बर मतान्तरले देउवा विजयी

२०७९ मंसिर ७ गते, बुधबार समय: ०८:३८ मिनेट

बाँके –

Advertisement 1


प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई दोब्बर मतान्तरले विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजय हासिल गर्दा उनलाई टक्कर दिन डेडेलधुरा पुगेका सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । कांग्रेस बीपीका कर्णबबहादुर मल्लले भने ७ हजार ५३५ मत प्राप्त गरे ।

त्यस्तै देउवासँग प्रतिस्पर्धा गर्ने ५ उम्मेदवार १ हजार मतसमेत कटाउन सकेनन् । बुधबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार ३ स्वतन्त्र र २ जना पार्टीका उम्मेदवारले एक हजार मत कटाउन नसकेका हुन् ।

Advertisement 2

मतपरिणामअनुसार राप्रपाका गोविन्द खडायतले ७८४ मत पाए भने जसपाका श्याम सिनालले १६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवारहरु कर्ण सिंह रावलले ४४२, विक्रम बहादुर शाहीले ४३३ र लालबहादुर कठायतले ८५ मत पाए । डडेलधुराबाट विजयी भएका देउवाले भने २५ हजार ५३४ मत प्राप्त गरे ।

सम्बन्धित समाचार