२०८२ कार्तिक २७, बुधबार १६:३० गते
नेपाली समय

बाँके २ मा निर्वाचित डा. धवल को हुन् ?

२०७९ मंसिर ७ गते, बुधबार समय: १३:०९ मिनेट

२०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए, धवल ।

Advertisement 1

बाँके –


बुधबार सम्पन्न बाँके जिल्लाको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा तर्फको मतगणनाबाट मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार डा.धवल शमशेर राणा आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार मतान्तरले हराएर निर्वाचित भएका छन् । निर्वाचतको परिणामअनुसार डा.धवलले २९ हजार ५ सय ७७ मत पाउँदा प्रतिद्वन्द्वी राईले २३ हजार ५ सय २० मत पाएर दोस्रो भए । त्यस्तै नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४ सय ३ मत पाएर तेस्रो बने ।

Advertisement 2

बाँके क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ अन्तिम मतपरिणाम


श्री ३ देव शमशेरका वंशज डा. धवल २०५४ र २०७४ गरी दुईपटक निर्वाचित नेपालगन्जका मेयर हुन् । साथै उनी राप्रपाका महामन्त्री पनि हुन् ।


डा.धवलले नेकपा एमालेबाट राजनैतिक जीवन सुरु गरेका थिए । वि.सं. २०६३ को परिवर्तन पछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यता लिएका थिए । राजतन्त्रविरुद्ध एमालेसमेत अन्य राजनीतिक दलहरूसँग एकजुट भएपछि राणा पार्टी परित्याग गरेर राप्रपामा लागेका हुन् ।

Advertisement 3


२०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए, धवल ।


धवल शम्शेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका थिए । पार्टी महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा खुलातर्फ सर्वाधिक १ हजार १ सय ५८ मत प्राप्त गरेका थिए ।

निर्वाचित भएपछि पत्रकार सम्मेलनमा बोल्दै डा. धवल शमशेर राणा


२०७८ मा भएको राप्रपाको महाधिवेशनमा धवल शम्शेर राजेन्द्र लिङ्देनको पक्षमा लागेका थिए । २०७८ मंसिर ९ मा राजेन्द्र लिङ्देनले अध्यक्षमा र राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए ।
धवलले हालसम्म ५ वटा निर्वाचनमा आफ्नो सहभागिता जनाइसकेका छन् । उनले सबैभन्दा पहिले आम निर्वाचन २०५१ मा बाँके २ बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन लडेका थिए । संसदीय निर्वाचनमा असफल भएपछि राणाले नेकपा एमालेको टिकटमा २०५४ मा नेपालगन्ज नगरपालिकाको मेयरको चुनाव जित्न सफल हुन् ।


लामो समयको अन्तरालपछि नेपालमा भएको पहिलो तथा दोस्रो संविधानसभाको निर्वाचनमा बाँके ३ बाट उम्मेदवारी दिएता पनि जनताले उनलाई अस्वीकार गरेनन् । २०५४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित भएका उम्मेदवारहरू मध्ये २०७४ मा भएको स्थानीय निर्वाचनमा मेयर पदमा पुनः निर्वाचित हुने राणा एकमात्र जनप्रतिनिधि हुन् ।

सम्बन्धित समाचार