२०८२ कार्तिक २८, बिहीबार १०:३९ गते
नेपाली समय

जर्मनीमाथि जापानको सानदार पुनरागमन

२०७९ मंसिर ७ गते, बुधबार समय: २१:०९ मिनेट

काठमाडौ –

Advertisement 1

कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ  ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।

Advertisement 2

एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।

Advertisement 3

जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए । तानकाको स्थानमा मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औं मिनेटमा अर्का  सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । उनी ५७ औं डाईजेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

जापान समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ ।

जर्मनी पुछारमा रहेको छ ।

सम्बन्धित समाचार