२०८२ मंसिर २२, आईतवार ००:३२ गते
नेपाली समय

बाँके ३ (२) मा कांग्रेसका कुर्मी निर्वाचित

२०७९ मंसिर ८ गते, बिहीबार समय: ०९:४० मिनेट

बाँके –

Advertisement 1


बाँके जिल्लाको क्षेत्र नम्बर ३(२) मा नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्व भीमबहादुर वलीलाई २ हजार ४ सय ८३ मतान्तरले जितेका हुन् ।


कुर्मीले १३ हजार ४ सय ३३ मत पाउँदा वलीले १ हजार ९ सय ५० मत पाएका छन् ।

Advertisement 2


त्यस्तै जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार विजयकुमार पाठक ४ हजार ४ सय ५९ मतसहित तेस्रो भए । जनमत पार्टीका शहानुददीन अन्सारी २ हजार २ सय मत पाएर चौथो बने ।


त्यसैगरी लोकतान्त्रिक समाजावदी पार्टीका राजकिशोर मिश्रले २ सय ६२, स्वातन्त्र उम्मेदवारहरु कृष्णबहादुर खत्रीले २ सय ४२ र शिव सपकोटाले ९९ मत पाए ।

Advertisement 3


साथै नेपाल मजदुर किसान पार्टीका मोहनलाल थापाले ७२ र स्वतन्त्र उम्मेदवार अतुलकुमार पाठकले १३ मत प्राप्त गरे ।


सो क्षेत्रमा जानकी गाउँपालिका, खजुरा गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म र नेपालगन्ज उप–महानागरपालिकाको वडा नम्बर १६ र १७ पर्दछ ।

सम्बन्धित समाचार