बाँके –
Advertisement 1
बाँकेको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठौर निर्वाचित भएका छन् । राठौरले नेकपा एमाले बाँके जिल्ला अध्यक्ष एवम् खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिलाई ४ हजार ७ सय ९३ मतान्तरले हराएका हुन् । कक्षपति सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका संस्थापक अध्यक्षसमेत हुन् ।
राठौरले कूल खसेको ७३ हजार ९ सय ८९ मतबाट २९ हजार ४० मत पाएका छन् भने कक्षपतिले २४ हजार २ सय ४७ मत पाए ।
Advertisement 2
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला ७ हजार ४ सय ३९ मतका साथ तेस्रो भए ।
जसपाका नोयन्द्र धितालले ४ हजार २ सय ८७, जनमत पार्टीका राजुप्रसाद कुर्मीले २ हजार ५ सय २०, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका वीरबहादुर ओलीक्षेत्रीले ६ सय १६, लोकतान्त्रिक समाजवादीका हफिज पठानले ३ सय २८ नेपाली कांग्रेस(वीपी(का दुर्गा बहादुर घिमिरेले २ सय ६२ र नेपाल मजदुर किसान पार्टीका नगेन्द्रबहादुर बुढाक्षेत्रीले १ सय ७३ मत पाएका छन् ।
Advertisement 3
बाँकेको क्षेत्र नम्बर ३ मा बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १६ र १७ पर्दछ ।






प्रतिक्रिया दिनुहोस्