२०८२ मंसिर २१, शनिबार २३:४५ गते
नेपाली समय

बाँके ३ बाट निर्वाचित किशोर, को हुन् ?

२०७९ मंसिर ८ गते, बिहीबार समय: १०:०८ मिनेट

गठबन्धनको उम्मेदवारको रुपमा उनले चुनाव जिते पनि राठौरलाई खजुरामा आफ्नो प्रभुत्व जमाएका नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई हराउन सहज भने थिएन ।

Advertisement 1

बाँके –


बाँकेको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर राठौरको जितले खजुरा क्षेत्रमा कांग्रेसलाई ‘कमब्याक’ गराएको छ । गठबन्धनको उम्मेदवारको रुपमा उनले चुनाव जिते पनि राठौरलाई खजुरामा आफ्नो प्रभुत्व जमाएका नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई हराउन सहज भने थिएन ।

Advertisement 2


कक्षपति नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष हुन् । साथै उनी खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष, खजुरा खानेपानी तथा सरसफाई समितिका पूर्वअध्यक्ष एवम् ज्ञानोदय उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा रहेर काम गरिसकेका छन् । क्षेत्र नम्बर ३ का जनताका लागि राठौरभन्दा कक्षपति धेरै परिचित अनुहार हो । तर पनि राठौरले कक्षपतिलाई ४ हजार ७ सय ९३ मतान्तरले हराए ।


राठौरले कूल खसेको ७३ हजार ९ सय ८९ मतबाट २९ हजार ४० मत पाएका छन् भने कक्षपतिले २४ हजार २ सय ४७ मत पाए ।

Advertisement 3

मत परिणाम


राठौरको परिचय
२०२६ वैशाख १५ गते सल्यान बडागाउँमा जन्मिएका किशोर २०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएका हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाउँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्, उनले ।


हक्की स्वभावले सबै माझ परिचित राठौर त्रिचन्द्र क्यापसको स्ववियु सचिव हुँदै सभापतिसमेत बन्न सफल भए । नेविसंघको सहमहामन्त्री हुँदै केन्द्रीय अध्यक्षको सशक्त भूमिका निर्वाह गरिसकेका छन्, उनले ।


राठौर नेविसंघको नेतृत्व तहमा मात्र पुगेनन्, विद्यार्थी र यूवाहरुको ढुकढुकी बन्न सफल भए । विद्यार्थी राजनीतिकालीन समयमा विद्यार्थीहरुको आशा, भरोसा र विश्वासका धरोहर राठोर कहिल्यै थाकेनन् बरु झनै शाक्तिशाली बन्दै गए ।


राजनीतिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परेका राठौर संगठन निर्माण, नेता, कार्यकर्ता परिचालन गर्न खप्पीस मानिन्छन् । राजापुर क्षेत्रलाई केन्द्र विन्दु मानेर राजनीति गरिरहँदा उनले त्यहाँ पार्टीको संगठन निर्माण मात्र गरेनन्, सडक, पुल, सिँचाइ, तटबन्धनलगायतका मुद्दा उठान र सम्बोधनको वातावरण बनाएका थिए ।


समानुपातिक सांसद रहिसकेका राठौर बाँके र बर्दियाका अभिभावक पनि हुन् । मेहनत, लगन, निरन्तरता र निष्ठाले उनको उचाई अझैं बढदै गएको छ ।

सम्बन्धित समाचार