२०८२ मंसिर २२, आईतवार ००:४८ गते
नेपाली समय

प्रत्यक्षतर्फ कांग्रेस र समानुपातिकतर्फ एमाले अघि

२०७९ मंसिर ८ गते, बिहीबार समय: १३:११ मिनेट

बाँके –

Advertisement 1


हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले ५ लाख मत कटाएका छन् भने एमालेको अग्रता कायमै रहेको छ । एमाले ५ लाख ४७ हजार ३ सय १९ मतसहित समानुपातिकतर्फ पहिलो रहको हो ।


त्यस्तै नेपाली कांग्रेस ५ लाख ११ हजार ९ सय ९५ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ८२ हजार १ सय ७५ मतसहित तेस्रो स्थानमा रहेको छ ।

Advertisement 2


साथै २ लाख ५४ हजार २ साय १ मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।


समानुपातितर्फ राप्रपाले १ लाख ५१ हजार ८ सय ५२, जसपाले ५४ हजार ६ सय ५०, नेपाल मजदुर किसान पार्टीले ५१ हजार १ सय ५४, नागरिक उन्मुक्ति पार्टीले ३७ हजार ८ सय २, जनमत पार्टीले ३६ हजार ५ सय ५५, नेकपा एकिकृत समाजवादीले ३५ हजार ८ सय ७८ मत पाएको छ ।

Advertisement 3


प्रत्यक्षतर्र्फ कांग्रेसको अग्रता कायमै रहेको छ । कांग्रेसले हालसम्म १८ स्थानमा जित हासिल गरेको छ भने ३६ स्थानमा अग्रस्थानमा रहेको छ ।


त्यस्तै एमाले १० स्थानमा निर्वाचित भएको छ भने ३४ स्थानमा अग्रस्थानमा रहेको छ ।


हालसम्म माओवादीले ४, एकिकृत समाजवादीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र अन्य दलहरुले विभिन्न ८ स्थानमा जित निकालेका छन् ।

सम्बन्धित समाचार