बाँके –
Advertisement 1
बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिकाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनमा नेपालगन्जले अग्रसरता देखाएको छ । छाडा पशुचौपायाका कारण बेला बेलामा हुने दुर्घटनालगायतका समस्यालाई मध्यनजर गर्दै यिनिहरुको व्यवस्थापनमा नेपालगन्जले विशेष चासो देखिएको नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।
छाडा पशुचौपाया व्यवस्थापन अभियानअन्तर्गत बिहीबार बिहानैदेखि नेपालगन्ज लागि परेको छ । नगरका विभिन्न ठाउँबाट छाडा पशुचौपायालाई धपाएर नेपालगन्ज–२१, विर्तास्थित काञ्जीहाउस लैजान थालिएको प्रमुख विष्टले बताए ।
Advertisement 2
नगर प्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशुचौपाया व्यवस्थापन कार्यमा सक्रिय रहेका छन् । नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशुचौपाया काञ्जी हाउस लगिएको हो ।
बिहीबार कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख बोगटीले बताए । सडकमा छाडा पशुचौपाया बढ्न थालेपछि उप–महानगरपालिकाले नियन्त्रण र व्यवस्थापन कार्यलाई अघि बढाएको उनले बताए ।
Advertisement 3

छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताए । उनले भने, ‘दैनिकरुपमा नै अब सडकबाट छाडा पशुचौपाया धपाएर काञ्जीहाउस लैजान्छौं । छाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।’ सडकमा जथाभावी पशुचौपाया छोड्नेविरुद्ध कडा ढंगले प्रस्तुत हुने पनि विष्टले बताए ।
जथाभावी पशुचौपाया छोड्नेहरुले काञ्जी हाउसमा पुर्याइएका छाडा पशुचौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दछ । सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उप–महानगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्