बाँके –
Advertisement 1
हालसम्मको मतगणनाअनुसार समानुुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले ६ लाख मत कटाएका छन् भने एमालेको अग्रता कायमै रहेको छ । एमाले ६ लाख ४२ हजार २ सय ५६ मतसहित समानुपातिकतर्फ पहिलो रहको हो ।
त्यस्तै नेपाली कांग्रेस ६ लाख ४ हजार ६ सय ८९ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ३ लाख २१ हजार ९ सय ६ण् मतसहित तेस्रो स्थानमा रहेको छ ।
Advertisement 2
साथै २ लाख ८९ हजार ४७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।
समानुपातितर्फ राप्रपाले १ लाख ७३ हजार ९ सय १, जसपाले ७७ हजार ८ सय १८, नेपाल मजदुर किसान पार्टीले ५१ हजार ८ सय ४९, नागरिक उन्मुक्ति पार्टीले ५० हजार ९ सय २२, जनमत पार्टीले ४९ हजार ५ सय २९, नेकपा एकिकृत समाजवादीले ४२ हजार ४ सय ३१ मत पाएको छ ।
Advertisement 3
प्रत्यक्षतर्र्फ कांग्रेसको अग्रता कायमै रहेको छ । कांग्रेसले हालसम्म १९ स्थानमा जित हासिल गरेको छ भने ३३ स्थानमा अग्रस्थानमा रहेको छ ।
त्यस्तै एमाले १३ स्थानमा निर्वाचित भएको छ भने ३५ स्थानमा अग्रस्थानमा रहेको छ ।
हालसम्म माओवादीले ६, एकिकृत समाजवादीले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र अन्य दलहरुले विभिन्न ८ स्थानमा जित निकालेका छन् ।






प्रतिक्रिया दिनुहोस्