२०८२ माघ ८, बुधबार ०३:५२ गते
नेपाली समय

भारी मतान्तरका साथ बाँके १ मा ढकाल निर्वाचित

२०७९ मंसिर ८ गते, बिहीबार समय: १८:०७ मिनेट

बाँके –

Advertisement 1


बाँके जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महेश्वर जंग गहतराजलाई ५ हजार ३ सय ९४ मतान्तरले हराउँदै विजयी भएका हुन् ।


ढकालले २५ हजार २६ मत पाउँदा उनका प्रतिद्वन्द्वी गहतराजले १९ हजार ६ सय ३२ मत पाए ।

Advertisement 2


त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सुरेशकुमार चौधरी ११ हजार ४ सय ६५ मतका साथ तेस्रो भए भने राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्ले १० हजार ७१ मतका साथ चौथो भए ।
साथै जनता समाजवादी पार्टीका राजकुमार यादवले २ हजार ६ सय ९३, स्वतन्त्र उम्मेदवार प्रदिपकुमार शाहले ९ सय २५, लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरीले ३ सय ८८, नेपाल मजदुर किसान पार्टीका नविनकुमार शाहीले २ सय ५७, नेपालका लागि नेपाली पार्टीका भक्तबहादुर थापामगरले १ सय ४२, नेपाली कांग्रेस (वीपी)की कुन्ती शर्माले १ सय ३४ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उब्जङ शाहीले ७८ मत पाएका छन् ।


क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिकी, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछ ।

Advertisement 3


सूर्यप्रसाद ढकाललको परिचय


२०४५ सालमा अनेरास्ववियु सदस्यदेखि राजनीतिक यात्रा सुरु गरेका ढकाल जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । पछि उनी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य, इन्चार्ज हुँदै केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै पार्टी गाउँ कमिटीको सचिव, जिल्ला कमिटी सदस्य, क्षेत्रीय कमिटी संयोजक, इन्चार्ज, जिल्ला कमिटी अध्यक्ष, प्रदेश कमिटीको सचिवालय सदस्यसमेत बने । साथै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य र बाँके इन्चार्ज पनि हुन्, ढकाल ।


२०६२÷६३ को आन्दोलनका क्रममा उनी गिरफ्तार पनि भए । एकीकृत विकासका लागि सामाजिक अभियानको अध्यक्ष भएका उनको विभिन्न पत्रपत्रिकामा लेख प्रकाशितदेखि आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशन भएका छन् ।


उनी प्रत्यक्ष जनताको सहभागिता हुने निर्वाचनमा भने पहिलोपटक सहभागिता भएका हुन् ।

सम्बन्धित समाचार