बाँके –
Advertisement 1
बाँके प्रहरीले बैजनाथ गाउँपालिका – ८ बाट गाईको मासु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरादेखि कोहलपुर लैजाने क्रममा प्रहरीले उक्र मासु बरामद गरेको हो ।
खजुरा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बैजानाथ गाउँपालिका वडा नम्बर ८ स्थित बाट अटो रिक्सामा लोड गरिएको बोरामा राखिएको मासुलाई बरामत गरेको हो । प्रहरीले १३ वटा बोरामा रहेको बोनलेस छाला रहित मासु बरामत गरी इलाका प्रहरीले आफ्नो कार्यालयको परिसरमा खाल्टो खनेर नष्ट गरेको हो ।
Advertisement 2
झण्डै ६ क्वीन्टल मासु रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । गाईको मासु हो या होइन भनेर ल्याब परीक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो मासु खजुरा गाउँपालिका – ८ रनियापुरबाट कोहलपुर लैजाँदै गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्