बाँके –
Advertisement 1
बाँकेको नेपालगन्जमा पश्चिम नेपालमै पहिलोपटक लेजर प्रविधि सोवा सुरु गरिएको छ । नेपालगन्ज उप– महानगरपालिका – १० मा रहेको एचसीआरसी अस्पतालले लेजर प्रविधिबाट ‘सौन्दर्य केयर’ सेवा सुरु गरेको हो ।
एचसीआरसीले शुक्रबारदेखि उक्त सेवा सुरु गरेको छ । प्रतिनिधि सभाका सांसद डा. धवल शमशेर राणाले लेजर प्रविधिको उद्घाटन गरेका हुन् ।
Advertisement 2
सो कार्यक्रममा अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्लले विश्वको नम्बर एक ‘सोप्रानो आईसिइ प्लाटिनम’ लेजर उपकरण अस्पतालका संस्थापकद्धय डा. कुमारशान शाह र डा. मञ्जु बिसी शाहलाई हस्तान्तरण गरेका थिए ।
‘सोप्रानो आइसिइ प्लाटिनम’ लेजद्वारा शरीरमा रहेको अनावश्यक रौं सधैका लागि हटाउने, बोटक्स, फिलर्स तथा फेस लिफ्टिङ प्रविधिद्वारा झोलिएको छाला र चाउरिपन हटाउने, योनिलाई कसिलो तथा टाइट बनाउने, महिलाहरुको पिसाव चुहिने समस्या, पाठेघरको जाँच, पाठेघरको मुख सेकाईलगायतका सेवा उपलब्ध गराउन सकिने छ ।
Advertisement 3
यस्तै शरिरमा रहेको ट्याटु हटाउने, छालामा भएका खाल्टा खुल्टी मिलाउने, मुसा, कोठी, मासु पलाएको हटाउने, पिआरपी(कपाल उमार्ने उपचार), बायोप्सीबाट छालामा देखापर्ने रोग पत्ता लगाउने, छाला यौन तथा कुष्ठरोग उपचार, हाईडा फेसियल, कार्वन फेसियल, भ्याम्पायर फेसियल सेवा प्रदान गरिने अस्पतालका व्यवस्थापक रमेश सिटौलाले जानकारी दिए ।
तस्बिर : दूरसंचार






प्रतिक्रिया दिनुहोस्