२०८२ कार्तिक २८, बिहीबार १२:१५ गते
नेपाली समय

नेपालगन्जले अवैध संरचना हटाउन सुरु गर्यो

२०७९ मंसिर ९ गते, शुक्रबार समय: १८:४४ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्ज उप–महानगरपालिकाले सहर क्षेत्रमा बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ । नगरले शुक्रबारदेखि डोजर लगाएर संरचना भत्काउन सुरु गरेको हो ।


शुक्रबार नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टसहित नगर प्रहरी एवम् कर्मचारीको सयुक्त टोलीले नेपालगन्जका विभिन्न क्षेत्रमा सडकपेटीमाथि बनाइएको संरचना हटाएको छ । नगर प्रमुख विष्ट सडकपेटीमा अवैध संरचना भएका कारण पैदलयात्री सडकमा हिँड्न बाध्य भएको बताउँछन् । उनले सहजरुपमा पैदलयात्रीलाई हिँड्ने वातावरण बनाउन र सडक दुर्घटनालाई कम गर्न सुरुमा सडकपेटीमाथि बनाइएका संरचना हटाउन सुरु गरेको बताए ।

Advertisement 2


उसोत नेपालगन्जले यसअघि पनि सडकपेटी खाली गराउने अभियान थालेको थियो । नगरप्रमुख निर्वाचित भएलगतै उनले सो अभियानको थालनी गरेका थिए । तर यसपटक भने उनी डोजरै लिएर सडकपेटी खाली गराउन लागि परेका छन् ।


‘पटक–पटक सडकपेटी खाली गराउन हामीले मौखिकरुपमा सबै व्यावसायीहरुलाई भनेका थियो । तर हामी जाँदा हटाएजस्तो गर्ने, कसैले खाली गर्छौ भन्ने तर जस्ताको त्यस्तै समस्या देखेपछि हामीहरु एक्सनमा उत्रिएका हौं,’ प्रमुख विष्टले भने ।

Advertisement 3


नगरपालिकाले शुक्रबार वीपी चोकदेखि रानीतलाउ र त्रिभुवन चोकदेखि धम्बोझी चोक क्षेत्रमा रहेका संरचना हटाएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए । उनले भने, ‘कतिपय स्थानमा हामीले आफैं हटायो भने कतिपय स्थानमा हटाउनका लागि १÷२ दिनको समय दिएका छौं ।’


त्यस्तै सडकपेटी हटाउने क्रममा समाजका अगुवा व्यक्तिले नै त्यसको दुरुपयोग गरेको पनि बोगटीले बताए । उनका अनुसार नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले नै सडकपेटी खाली गराउने अभियानलाई साथ दिएनन् । सडकपेटीमाथि रहेको उनको पसलको सिडी नगरपालिकाले हटाए पनि उनले फेरी लगाएको बोगटीले बताए । वैश्य यसपटक नगर प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार दिएका थिए ।

सम्बन्धित समाचार