२०८२ फाल्गुन ३०, शनिबार ०३:४२ गते
नेपाली समय

नेपालगन्जद्वारा सिलाइकटाइ सुरु

२०७९ मंसिर ९ गते, शुक्रबार समय: १८:५१ मिनेट

बाँके –

Advertisement 1


नेपालगन्ज उप–महानरपालिका – ४, सल्यानीबंगलामा रहेको कन्या माविमा शुक्रबारदेखि विद्यार्थीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । नेपालगन्जको सहयोगमा २५ वटा मिसिन राखेर स्कूलमै सिलाइकटाइ सिकाउन सुरु गरिएको हो ।


सिलाइकटाइ कक्षा सञ्चालनको शुक्रबार नवनिर्वाचित सांसद डा. धवलशमशेर राणाले उद्घाटन गरे । सो अवसरमा डा. राणाले सुरुमा बुबाआमालाई सम्झाइबुझाइ गरेर छोरीहरुलाई विद्यालयमा ल्याउन गरेको मेहनतलाई सम्झिँदै आज विद्यालयमा छात्राहरु पढेको देख्दा खुशी लागेको बताए ।

Advertisement 2


प्रशिक्षक संगीता गौतमले ६ देखि ११ कक्षासम्मका विद्यार्थीलाई ‘सेडुअल’ मै राखेर सिलाइकटाइ सिकाउने जानकारी दिइन् । एउटा कक्षाका विद्यार्थीलाई हप्तामा दुई दिन सिलाइकटाइ कक्षा लिइन्छ ।


विद्यार्थीलाई ६ महिनासम्म सिलाइकटाइ कक्षा सञ्चालन गरिने स्कूलका परामर्शदाता किरण आचार्यले जानकारी दिइन् ।

सम्बन्धित समाचार