२०८२ मंसिर २२, आईतवार ०१:०९ गते
नेपाली समय

४८ स्थानमा जित निकाल्दै प्रत्यक्षतर्फ कांग्रेसको अग्रता कायमै

२०७९ मंसिर ११ गते, आईतवार समय: १५:५३ मिनेट

बाँके –

Advertisement 1


प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेपाली कांग्रेले हालसम्म ४८ स्थानमा जित निकाल्दै अग्रस्थानमा रहेको छ । दोस्रो रहेको एमाले कांग्रेसभन्दा ९ सिट पछि पर्दै ३९ स्थानमा जित निकालेको छ । मतगणनामा पनि कांग्रेसका ८ उम्मेदवारले अग्रता लिइरहेका छन् भने एमालेका ४ उम्मेदवारले अग्रता लिएका छन् ।


माओवादी केन्द्रले भने १६ स्थानमा जित निकाल्दै तेस्रो बनेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ । साथै एकिकृत समाजवादी ९ स्थानमा जित निकाल्दै १ स्थानमा अग्रता लिएर चौथो स्थानमा रहेको छ ।

Advertisement 2


राष्ट्रिय स्वतन्त्र पार्टीले भने ७ स्थानमा जित, राष्ट्रिय प्रजान्तत्र पार्टीले र जसपाले समान ६–६ स्थानमा जित निकालेका छन् ।


साथै लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा, नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा, राष्ट्रिय जनमोर्चाले १ स्थानमा, नेपाल मजदुर किसान पार्टीले १ स्थानमा, जनमत पार्टीले १ स्थानमा र स्वतन्त्रहरुले ५ स्थानमा जितेका छन् ।

सम्बन्धित समाचार