बाँके –
Advertisement 1
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकास्थित अघैयामा रहेको राप्ती नादीमा २५ हजार माछाका भुरा छोडिएको छ । मत्स विकास केन्द्र अघैयाले राप्ती नदीमा १५ हजार नैनी र १० हजार रहुँ माछाका भुरा छोडेको हो ।
विश्व मत्य दिवशकोे अवसरमा आइतबार मत्य विकास केन्द्रले कार्यक्रमको अयोजना गरेर माछाका भुरा राप्तीमा छोडेको हो । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल,मत्य विकास केन्द्रका निमित्त केन्द्र प्रमुख वसिर अहमद खाँलगायत स्थानीय र नदीमा माछा मारेर जिविकोपार्जन गर्ने बादी समुदायको उपस्थिति रहेको थियो ।
Advertisement 2

कार्यक्रममा अध्यक्ष पौडेलले राप्ती सोनारीलाई माछा पालनमा आत्मनिर्भर बनाउन मत्य विकास केन्द्रले सहयोग गरेको बताए । साथै पालिकाका जनताले संघठितरुपमा माछा पालनका लागि प्रस्ताव ल्याएमा आफूले त्यसका लागि सहयोग गर्ने उनले बताए ।
मत्य विकास केन्द्रका प्राविधिक सहायक सालिकराम चौधरीका अनुसार स्थानीय जातिका माछा लोप हुँदै गएकाले राप्ती नदीमा माछाका भुरा छोडिएको हो । जसले बादी समुदायलाई जिपिकोपार्जनमा सहयोग पुग्ने चौधरीले बताए ।





प्रतिक्रिया दिनुहोस्