२०८२ माघ ८, बुधबार ०३:०२ गते
नेपाली समय

बाराहीले मंसिर २१ गते आइपिओ निष्काशन गर्दै

२०७९ मंसिर १३ गते, मंगलवार समय: १३:१२ मिनेट

बाँके –

Advertisement 1


बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले कूल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।


यसअघि आयोजना प्रभावित क्षेत्र बागलुङका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्ता सेयर गरी कूल ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

Advertisement 2


निष्काशन बन्द छिटोमा मंसिर २६ गते र ढिलोको पुस ६ गते हुने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।


लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् ।

सम्बन्धित समाचार