२०८२ मंसिर २२, आईतवार ००:२० गते
नेपाली समय

चितवनको विश्वविद्यालयमा विद्यार्थी संगठनले लगाए ताला

२०७९ मंसिर १३ गते, मंगलवार समय: १३:५१ मिनेट

बुटवल –

Advertisement 1


चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू छैँटौँले विभिन्न पाँच बुँदामा असहमति रहेको जनाउँदै प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दै ताला लगाएका छन् । विश्वविद्यालयको मुख्यालय, कृषि संकायलगायतका ठाँउमा उनीहरुले तालाबन्दी गरेका हुन् ।


गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै चार विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

Advertisement 2


उनीहरुले आइतबार विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा व्याप्त रहेका विभिन्न बेथिति एवम् विसंगतिविरुद्ध सम्पूर्ण विद्यार्थी संगठनहरु एकजुट हुँदै भएको र विश्वविद्यालयले प्रवेश परीक्षाका लागि निकालेको सूचनामा रहेको ५ बुँदामा आपत्ति रहेको जनाएको ।


जसमा नयाँ पाठ्यक्रम जारी नगरी ‘नयाँ पाठ्यक्रम अनुसार अध्यापन गरिने छ’ भन्ने विषयमा, चर्को भनाए शुल्क, प्रत्येक वर्ष प्रवेश परीक्षाको मुखमा प्रवेश परीक्षाको विषयगत अंकभार परिवर्तन गर्नु जस्ता बुँदामा आपक्ति रहेको विद्यार्थी संगठनले जनाएका छन् ।

Advertisement 3

विज्ञप्ति

सम्बन्धित समाचार