एजेन्सी –
Advertisement 1
चिकित्सा विज्ञानमा एक चमत्कारिक घटना घटेको छ । गतहप्ता अमेरिकामा ३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जुम्ल्याहा बच्चाको जन्म भएको छ ।
चार सन्तानकी आमा रेशेल रिजवेले ३० वर्ष पुरानो भ्रूणलाई आफ्नो गर्भमा राखेर जुम्ल्याहा बच्चा जन्माएकी छिन् । जुम्ल्याहा बच्चाको लिडिया र टिमोथी राखिएको छ ।
Advertisement 2
अमेरिकाको टेनिसीमा करीब ३० वर्षअघि डाक्टरहरुको एक समूहले जुम्ल्याहाको भ्रूण फ्रिज गरेका थिए । सन् १९९२ को अप्रिलमा एक जोडीले आइभिएफको सहयोगमा उक्त भ्रूण बनाएका थिए । त्यसपछि सो भ्रूणलाई लिक्विड नाइट्रोजनमा माइनस १९६ डिग्री सेल्सियसमा सुरक्षित राखिएको थियो । त्यसयता ती भ्रूण जमेका थिए ।
अहिले सोही भ्रूणबाट जुम्ल्याहा बच्चा जन्मिएका हुन् ।
Advertisement 3
वास्तवमा त्यसबेला टेनिसीमा नेशनल एीम्ब्रयो डोनेसन सेन्टरलाई सो भ्रूण दान गरिएको थियो । यति लामो समयसम्म कुनै पनि भ्रूणलाई फ्रिज गरेर राख्नु र त्यसबाट सफलतापूर्वक बच्चाको जन्म गराउनु नयाँ रेकर्ड हो ।
यसअघि सन् २०२० मा यहीँ प्रक्रियाबाट २७ वर्ष पहिले फ्रिज गराइएका भ्रूणबाट बच्चा जन्माइएको थियो । अहिले ३० वर्ष पुरानो भ्रूणले त्यसको रेकर्ड तोडेको छ ।






प्रतिक्रिया दिनुहोस्