२०८२ फाल्गुन २१, बिहीबार १३:४७ गते
नेपाली समय

अफसरुला मृत्यु काण्ड : प्रहरीको मुचुल्का नै अपूर्ण !

२०७९ मंसिर १४ गते, बुधबार समय: १०:२० मिनेट

बाँके –

Advertisement 1


राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७, पिप्रहवा घर भएकी अफसरुला खाँ कात्तिक १६ गते बुधबार आफ्नै घरमा बिहान ६ बजे भुण्डिएको अवस्थामा मृत फेला परिकी थिइन् । जिल्ला प्रहरी कार्यालय बाँकेको घटनास्थल लाश जाँच मुचुल्का अनुसार मृतक अफसरुला ६ कोठे आफ्नै घरको पूर्वतर्फका २ वटा कोठा छाडी तेस्रो कोठाको उत्तर–दक्षिण मोहडामा रहेको विस्तारासहितको पलङमाथि रहेको पंखामा हरियो रंगको दोपट्टामा भुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार सो घरको ढोका बन्द रहेको र प्रहरीले धक्का लगाएर ढोका खोलेको थियो ।


हाल मृतक अफसरुलाका बुबा मो.बहाब खाँले मृतक अफसरुलाका श्रीमान मेराज शेष र श्रीमानका दाई (जेठाजु) आलमिन शेषमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका छन् । उनीहरु हाल प्रहरीको हिरासतमा रहेका छन् ।

Advertisement 2

प्रहरीको लाश जाँच मुचुल्का


अपूर्ण प्रहरीको मुचुल्का


प्रहरीको लाख जाँच मुचुल्कामा मृतक अफसरुलाको घाटीमा लगाइएको पासो खोलेर भुईमा राखेर जाँच गर्दा मृतकको ढाड, पिठ्युको बीच भागमा हत्केलाले हानेको जस्तो निलो ४ वटा डामहरु रहेको उल्लेख गरिएको छ ।

Advertisement 3


तर मृतक अफसरुलाको दायाँपट्टीको कानमा देखिएको घाउँ भने मुचुल्कामा उल्लेख गरिएको छैन । अर्को महत्वपूर्ण मृतक अफसरुलाको दायाँपट्टीको कानमाथि टाउँकाम देखिएको गहिरो चोट पनि मुचुल्कामा उल्लेख गरिएको छैन । जुन चोट धारिलो हतियारले प्रहार भएको जस्तो देखिन्छ ।


र मुचुल्कामा पिठ्युको बीच भागमा हत्केलाले हानेको जस्तो निलो ४ वटा डामहरु रहेको उल्लेख गरिएको विवतरण पनि पूर्ण छैन । उनको पिठ्युमा ४ भन्दा बढी डामहरु रहेको देखिन्छ । जुन हत्केलाले नभई केही वस्तुले प्रहार गरेको जस्तो देखिन्छ ।

मृतक अफसरुलाको दायाँ कान र टाउँकोमा रहेको चोट


प्रहरीले बनाएको मुचुल्काले सरकारी मुद्दा सम्बन्धी ऐनलाई सार्थकता दिएको देखिँदैन । ऐनको ११ उपदफा १ (ग) मा लाशमा कुनै घाउ, चोट, नील वा डाम देखिएमा त्यस्तै घाउ, चोट, नील वा डाम देखिएको ठाउँ, संख्या, लम्बाई, चौडाई, गहिराई समेतको प्रत्येक घाउ, चोक, नील डामको विवरण र मृत्यु गराउने सम्भावित साधान र सहायता हुने लाशमा देखिएको अन्य कुनै लक्षण मुचुल्कामा उल्लेख गर्नुपर्ने भनिएको छ ।


तर जिल्ला प्रहरी बाँकेले आफ्नो मुचुल्कामा मृतक अफसरुलाको लाशमा देखिएका सबै घाउ, चोटलाई मुचुल्कामा उल्लेख गरेको छैन ।

मृतक अफसरुलाको शरीरमा रहेको चोट

सम्बन्धित समाचार